Warning: session_start() expects parameter 1 to be array, string given in /home/pkmsuk/4E0KK76J/htdocs/wp-includes/class-wp-hook.php on line 303
About PKMS-UK | पैयुँ खोला मगर समाज युके

पैयुं खोलाको श्ंक्षिप्त परिचय:-

पैयुं खोलाको श्ंक्षिप्त परिचय:-

  • पैयुंखोला
    पैयुंखोला:- पर्बत जिल्लाको दक्षिणी भेक र स्याङ्जा जिल्लाको पश्चिमी भेग मा पर्दछ । यो बिशेष गरेर लुङ्खु देउराली देखी लिएर बाच्छा बिहादि, रानिपानी भोक्सिङ सम्म पैयुं खोला भनिन्छ । खास गरेर यहाँ धेरै खोलाहरु छन । जसमध्य सेदी खोला मुख्य मानिन्छ । यसको शाखा खोलाहरु यसप्रकार छन । जस्तै सरौंखोला, मर्दिखोला, अंधेरी खोला, गेडिखोल, मेदिखोल, बऊदिखोला, काक्दिखोला, भल्भलेखोला, डङ्ग्डालिखोला, भर्माखोला, बोकेखोला, पिंडिखोला, सिब्दिखोला आदी खोलाहरु धेरै भएतापनी पैंयुखोला भन्ने नामकरण कस्ले गर्यो भन्नेकुरा अहिले सम्म थाहा भएको छैन । परम्परा देखी पैयुखोला भन्दै आएको हुंदा आज पनि पैयुं खोला भनिन्छ । बाइसे चौबिसे भुरे राजाहरु मध्य त्यसबेला पैंयु राज्य २००० भन्ने गर्दथे, त्यसबेला मगरहरुले रा ज्य गरेका थिए भन्ने गरिन्छ ।पैंयुखोलाको सिमाना:- पूर्बमा स्याङ्जा जिल्ला, पश्चिम मा गुल्मी, उत्तरमा बाग्लुङ र गुल्मी जिल्ला र दक्षिणमा पनि स्याङ्जा जिल्ला पर्दछ ।
  • पैंयुखोलाकाबसिन्दाहरु
    पैंयुखोलाकाबसिन्दाहरु:- मगर्, गुरुङ, बाहुन्, छेत्री, ठकुरि, नेवार्, कामि, दमै, मुसल्मान्, हरु बसोबास गर्दछन । यो खोलामा सबै जाती हरुको बसोबास भएतापनी मगर जाती हरुको बाहुल्यता पाइन्छ ।
  • पैयुं खोला क्षेत्रभित्र पर्ने गा. बि. स. हरु :
    स्याङ्जा जिल्लाबाट कालिका गा बि स गाउंहरुमा डुम्रेभन्ज्याङ्, साउन्दि, करादी पर्दछन र पाखापानी, भोर्ले, सरौं, हुवांस्, होश्राङ्ग्दी, त्रिबेणी, बेउलिबास्, उराम्, टक्लाक्, वाहाकि, सालिग्राम्, रानिपानी, भोक्सिङ, बालाकोट र लुंखुदेउराली पर्दछन ।
  • उक्तगा. बि. स. भित्रपर्नेकेहिगाउंहरुकोनामहरु:-
    पाखापानी, लुंखु, हिरुखर्क, हांडिखर्क, ग्यामी, ईकाङ्, भोर्ले, हिले, काहुं, सिर्वानि, सरौं, साधने, होश्राङ्ग्दी, अर्गाउंदि, सित्ले, गोरादि, मर्दिखोला, हुवास्, दर्भु, धरम्पानी, कोखे, पैयुंहटिया, धरादि, पाखिमबास्, पात्नेथर्, बाइनडांडा, भुर्तेल्थोक्, अदिकारिडांडा, कुविन्डे, नेकर्गा, भर्मा, चिन्डेखर्क, अर्थुन्, डांडाथोक्, अ्म्लिकोट्, दुग्लुङ्, बेउलिबास्, ज्यामिरे, ढुङ्गेखर्क, सिंयार्कोस्, टकलाक्, उराम्,चिउरिखाल्टा, गेप्ताङ्, भतेरपाटा, लुङरेङ्ग, खोरपोखरा, वाहाकि, सेतिबेणि, भोक्सिङ्, रानिपानी यि गांऊहरु समाबेस भएका छन ।
  • पैयुखोलाकोशिक्षाक्षेत्र:-
    पाखापानी उच्च मा बि, भोर्ले उच्च मा बि, सरौं उच्च मा बि, हुवास उच्च मा बि, साईन्स क्याम्पस्, त्रिबेणी उच्च मा बि, बहुमुखी क्यम्पस्, केमुनी मा बि, हुवास धारापानी मा बि, होश्राङ्ग्दी मा बि, बेउलिबास मा बि, उराम मा बि, टक्लाक मा बि, वाहाकी उच्च मा बि, शालिग्राम उच्च मा बि, रानिपानी मा बि, भोग्सिङ मा बि, मुख्य मुख्य गा बि स हरुमा यिनै बिधालय हरु पर्दछन ।
  • पैंयुखोलाकोस्वास्थ्यक्षेत्र:
    - बिशेष गरेर सबै गा बि स हरुमा स्वाश्थ्य चौकिहरुले सेवा पु-याई राखेका छन । हुवास गा. बि. स. मुटु भएको कारण यहाँ अर्युबेदिक औसधालय, श्वासथ्य चौकी साथै (Primary Health Centre) को भवन पनि निर्माण भैसकेको कुरा सर्बबिधितै छ । हुवास गा बि स भित्र हातेमालो चोकमा बजार बसेको छ । यहाँ कृषी बैक र निजी बैक पनि छन । यस गा. बि. स. मा कृषी सेवा केन्द्र, पसु सेवा केन्द्र, रेन्जर कार्यालय र ईलाका ठाना पनि छन । २०६२ शाल देखी यस गा. बि. स. लाई नगर बिकास समिती घोषणा गरिसकेको छ । राजनैतिक उथल पुथलका कारण केहि योजना हरु बनेका छैनन ।
  • पैंयुखोलाकोयातायात्:-
    यस क्षेत्रमा प्रत्यक गा. बि. स. हरुमा गाडी जाने बाटो हरु बनी सकेका छन । हुवास गा. बि. स. हातेमालो चोकबाट हिंउदमा काठ्माण्डौ पोखरा र बुटवोल बाट बस हरु आउने जाने गर्दछन । साना जिपहरु गांऊ गांऊमा पुगेका छन ।
  • बैकिङ्गकारोबार्:-
    कृषी बैक्, निजी बैक आई एम ई (IME) जस्ता संस्थाहरु बाट त्यस ईलाकाको जनता हरुलाई सेवा पु-याई रहेको छ ।
  • सुरक्षा:-
    यस ईलाका भित्र हुवास गा. बि. स. अन्तर्गत एउटा इलाका चौकी रहेको छ । यस चौकी बाट इलाकामा पर्ने कुनै पनि कार्य फौजदारि, ज्यान समबन्धी हुलदङगा हरुको सुरक्षा सम्बन्धी सबै कार्य हरु गर्दछ । यस चौकिमा दर्बन्दी प्रहरिको संख्या ४५ देखी ५० हुन्छ । यसमा प्रमुख इनस्पेक्टर्, सहि, असहि, हबल्दार र प्रहरी जवानहरु रहेका हुन्छन ।
  • पैयुंखोला बारे:-
    पैयुंखोलाबिधुतबारे:- पैयुंखोलाको प्रायसबै गा बि स हरुमा केन्द्रिय बिधुत बिभागले बिजुली पु-याईदिएको छ । कुनै कुनै गा बि स हरुमा उर्जाबाट पनि बत्ती बलिरहेका छन । जस्तै हुवास र सरौं गा. बि. स. मा उर्जाबाट बत्ती बलेका छन । पैयुखोलाकोबिशेषतारखोलामापाईनेमाछाहरु:- कत्ले, भोटि, बुदुना, शहर, काभ्रे, झिंगे/टोङ्ग्रे, भोतोर्लोक, गंगटा, असला, गणेरा लगायत अन्य । पैयुंखोलावारीपारिकागाऊमाउब्जनेखेतिपाति:- धान्, मकै, कोदो, गहुं, फापर, तोरी । तरकारिमा:- आलु, प्याज्, लसुन्, मौसमी झालपात हरु, घिरम्ला,चिचिन्डा, सिमि, लौका, तिते करेलि, चुच्छे करेलि, भेन्डि, लगायत अरु धेरै थरिका पाइन्छन । कन्डमुल मा भ्याकुर्, पिंडालु, तरुल्, सखर, गिठा इत्यादी पाइन्छन । बन्यजन्तुरचराचुरुङ्गीमा:- बाघ, स्याल्, मल्सेप्रा/खुदेकिरा, हरिण्, मृग, बांदर्, ढेणु/लङ्गुर र अन्य । चरा हरुमा कालिज, तित्रा, लाम्पुच्छरे, फिस्टा, चाखुरा, न्याउलि, कोकले लगायत धन्दै १५० थरिका चरा हरु पाईन्छन
  • हामिहरुकोबारे:-
    बिशेष गरेर हामिहरु पैयुं खोलाका बिभिन्न गा. बि. स. बाट यु के आई बिभिन्न ठाउंमा बसोबास गरी रहेका मगर दाजु भाइहरु, दिदी बहिनिहरु, बाबा आमाहरु मिलेर एउटा पैयुं खोला मगर समाज-यु के नामकरण गरेका छौ । यस पैयुंखोला मगर समाज-यु के ले हाम्रा समाजमा परी आएका कुनै पनि कुराको समस्याहरु समाधान गर्नेछ । हामिहरु नै प्रवासमा आई बसोबास गरेका कारण प्रवासमा हामिमा पर्ने समस्या, रिती थिती र अन्यकुरा हरुको सामाधानर्थ हामिहरुले हाम्रै समाजको बिधान निर्माण गरेका छौ । हाम्रा बिधानहरुमा एउटा कार्यकारणी समिती गठन गरिएको छ । (१) अधक्ष्य: (President) (२) उप-अधक्ष्य: (Deputy President) (३) सचिव: (Secretary) (४) सह-सचिव: (Asst Secretary) (५) कोषअधक्ष्य: (Treasurer) (६) सह-कोषअधक्ष्य: (Asst Treasurer) (७) सदस्य हरु: (Members) (८) सल्लाहाकार हरु: (Advisors) पैयुंखोला सेरोफेरो बाट आई यु के मा बसोबास गर्ने मगरहरु संगठित भैई एक आपसमा परिआउने समस्या हरु सुल्झाउने, मगरहरुको कला संस्कृतिलाई जोगाइ राख्ने, भातृसंगठन हरुसंग पनि भाई चाराको समबन्ध राखने हाम्रा मुख्य उदश्य हुनेछ । “धन्यवाद्“ जयपैयुंखोलामगरसमाज-युके

PKMS - UK Events in the UK

Magar Association UK - Housing Charity Dinner - Part 2

Magar Association UK Housing Project Charity